back
CTIZAN AD

पुष्पपराग साहित्य प्रतिष्ठानको ११०औँ रचना वाचन सम्पन्न

वि.सं.२०८२ पुस २९ मंगलवार

570 

shares

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा आयोजित मासिक रचना वाचनको ११०औँ शृङ्खला तथा कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’ माथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

पुष २६ गते सम्पन्न उक्त कार्यक्रममा चेवन बस्नेत ‘ठूलाघरे’, कृष्णप्रसाद पौडेल, ढुण्डीराज पोखरेल, प्रमोद भण्डारी, डा. इन्दु केसी, सुन्दर खड्का, विन्दु अधिकारी ढकाल, उमा दाहाल, डा. टी.पी. बराकोटी, राधिका पन्त, कृष्णबहादुर खड्का, मधुसुदनप्रसाद घिमिरे, दिलकृष्ण आचार्य, शान्ति निहारिका, नवराज चौलागाईं ‘क्षितिज’, नारायण काफ्ले, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, दीननाथ पोखरेल, प्रजापति तिमिल्सिना, पदम दाहाल, प्रमुना पौडेल, आर.डी. भट्ट, प्रेम राई ‘परिक्षित’, शंकरप्रसाद मानन्धर, एम.पी. पाण्डे, गजेन्द्र बोहोरा, लालबहादुर भुजेल, अनुराग अरूण, रोमा लम्साल, हेमन्त निरौला, टी.एन. भट्ट ‘विश्वमित्र’, मनीषकुमार शर्मा ‘समित’लगायत ३९ जना स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा वाचित रचनाहरूमाथि डा. यज्ञश्वर निरौलाले समिक्षात्मक टिप्पणी प्रस्तुत गर्दै रचनाहरूको विषयवस्तु, भाव, शिल्प र समकालीन सन्दर्भका पक्षमा समग्र मूल्याङ्कन गरेका थिए ।

स्रष्टाहरूको सिर्जनालाई थप महत्व दिने उद्देश्यसहित प्रतिष्ठानले सञ्चालन गर्दै आएको ‘सृजना परिचय तथा विशेष समालोचकीय टिप्पणी’ कार्यक्रमअन्तर्गत यस पटक कथाकार राजबाबु श्रेष्ठ ‘सागर’को कृति ‘फिर्दोषको साँचो’ माथि केन्द्रित रहेर चर्चा गरिएको थियो। उक्त कृतिमाथि समालोचक डा. हेम भण्डारीले समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्दै कथाको विषयवस्तु, शिल्प, भाषिक संरचना तथा समकालीन यथार्थसँगको सम्बन्धलाई विश्लेषण गरेका थिए ।

 

वि.सं.२०८२ पुस २९ मंगलवार १५:०४ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...