back
CTIZAN AD

सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ नेटवर्कका लागि सम्झौता

वि.सं.२०८२ पुस ३० बुधवार

642 

shares

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच (NPS) अन्तर्गत ‘नेपाल पे कार्ड’ नेटवर्क सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। यस सम्झौतिसँगै सानिमा बैंकले स्वदेशमै विकास गरिएको डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ जारी गर्ने भएको छ।

सम्झौताअनुसार अब सानिमा बैंकका ग्राहकहरूले नेपाल पे कार्डमार्फत देशभर रहेका विभिन्न भुक्तानी प्रणाली तथा एटीएम सेवाको प्रयोग गर्न सक्नेछन्। यसले डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र किफायती बनाउने विश्वास लिइएको छ।

सम्झौतामा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलकण्ठ मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।

हाल सानिमा बैंकको देशभर १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन्। नेपाल पे कार्डको सुरुवातसँगै बैंकका सेवाहरू थप प्रभावकारी हुने तथा स्वदेशी कार्ड प्रणालीको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

वि.सं.२०८२ पुस ३० बुधवार १२:२१ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...