back
CTIZAN AD

ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिमा पाँच वर्षे तालिम सम्झौता

वि.सं.२०८२ पुस ३० बुधवार

273 

shares

काठमाडौं  । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (NAIMA) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) बीच काठमाडौँ उपत्यकामा कार्यरत १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (Soft Skills) तथा नयाँ सवारी प्रविधिसम्बन्धी नियमित तालिम प्रदान गर्ने विषयमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” को समुद्घाटन कार्यक्रमको अवसरमा उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की र NAIMA का बोर्ड सदस्य सौरभ ज्योति बीच शनिबार आदान–प्रदान गरिएको हो।

समझदारीअनुसार ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री अभ्यासका विषयमा निरन्तर रूपमा अद्यावधिक गराइनेछ। यसले नागरिकसँगको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य लिइएको छ।

सम्झौताअनुसार NAIMA ले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता उपयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी तथा यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत र विशेषज्ञ सहजीकरण उपलब्ध गराउनेछ। यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितता गर्नेछ।

समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गतेदेखि सुरु हुने छ। १७ कार्यदिनसम्म सञ्चालन हुने तालिममा प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन, ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ह्यान्ड–जेस्चर सीपलगायत विषय समेटिनेछन्।

तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुलचोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, NAIMA सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, जीवन प्रशिक्षक रमन भट्टराई तथा अन्य विषय विज्ञहरूको सहभागिता रहनेछ। साथै, केही सत्रहरू ट्राफिक प्रहरीका वरिष्ठ अधिकृतहरूले समेत सञ्चालन गर्नेछन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिबारे ज्ञान अद्यावधिक गर्नु अत्यन्त आवश्यक रहेको बताए।

NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाको दृष्टिकोण “Empowering Growth through Mobility” अनुरूप सडक सुरक्षा प्रवर्द्धन, दक्ष मानवस्रोत विकास र नागरिकमैत्री सेवा प्रवाह सुधारमा NAIMA प्रतिबद्ध रहेको बताइन्। दीर्घकालीन सहकार्यले सडक सुरक्षा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन्।

 

वि.सं.२०८२ पुस ३० बुधवार १२:२७ मा प्रकाशित

Himalayan Life AD
देवचुली दुर्घटना अपडेट : एकको मृत्यु, एक घाइते

देवचुली दुर्घटना अपडेट : एकको मृत्यु, एक घाइते

नवलपुर, देवचुली । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका–१५ स्थित क्याम्पस...

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको...

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

तनहुँमा आचारसंहिता उल्लङ्घनका १६ उजुरी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

गलकोट (बागलुङ) । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल...

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी...

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...