back
CTIZAN AD

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

वि.सं.२०८२ माघ ६ मंगलवार

564 

shares

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रके छन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै हुनुहुन्छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् ।

यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा भट्टराईले नेकपाका संयोजक दाहाललाई सहयोग गरेका थिए ।

विसं २०४८ सालको निर्वाचनपछि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन् । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिरिएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ आज मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

वि.सं.२०८२ माघ ६ मंगलवार १२:२६ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...