back
CTIZAN AD

सुरक्षा समितिकाद्वारा मतस्थानस्थल अनुगमन

वि.सं.२०८२ माघ ७ बुधवार

567 

shares

चितवन । जिल्लाका मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको छ । जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको हो ।

सुरक्षाका दृष्टिले मतदानस्थललाई हरेक निर्वाचनमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइँदै आइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार २३ मतदानस्थल अति संवेदनशील, ९३ स्थल संवेदनशील र ४७ स्थल सामान्य छन् । उनले भने, “निर्वाचनका दृष्टिले सबै मतदान केन्द्र उत्तीनै महत्वपूर्ण रहेको हुन्छ ।” वर्गीकरणमा परेका मतदानस्थललाई फरक किसिमको सुरक्षा व्यवस्था मिलाउने गरी सुरक्षा समितिले काम गरेको उनले बताए ।

निर्वाचनको तयारीमा सरकार लागेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलले मतदान स्थलको निरीक्षण गरेर वर्गीकरण गरेको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका तीनै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई प्रत्यक्षतर्फको मनोनयनसमेत सकिएको छ । निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लाका १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।

क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

वि.सं.२०८२ माघ ७ बुधवार १३:०७ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...