back
CTIZAN AD

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ माघ ११ आइतवार

720 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मविश्वास बढ्ने दिन हो । लामो समयदेखि रोकिएका काममा गति आउने संकेत छन् । कामकाजमा जिम्मेवारी बढ्न सक्छ, तर तपाईंले त्यसलाई सहज रूपमा सम्हाल्न सक्नुहुनेछ । पारिवारिक साथ–समर्थनले मन प्रसन्न रहनेछ । आर्थिक पक्ष सामान्य रहे पनि भविष्यका लागि योजना बनाउन उपयुक्त समय हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज धैर्य र संयम आवश्यक पर्ने दिन हो । खर्च बढ्न सक्ने भएकाले अनावश्यक कुरामा पैसा नफाल्नु राम्रो हुन्छ । पारिवारिक जिम्मेवारीले समय लिन सक्छ । स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ, आराम र खानपानमा ध्यान दिनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भेटघाट, कुराकानी र सञ्चारबाट लाभ मिल्ने दिन हो । नयाँ सूचना वा अवसर प्राप्त हुन सक्छ । लेखन, अध्ययन, पत्रकारिता वा बौद्धिक काममा संलग्नहरूका लागि दिन अनुकूल छ । आत्मविश्वास बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा अलि संवेदनशील बन्न सक्नुहुन्छ । घरपरिवारसँग समय बिताउँदा मन हलुका हुनेछ । कामकाजमा सामान्य प्रगति देखिनेछ । मनमा अनावश्यक चिन्ता नलिनु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा मान–सम्मान बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्न सक्छ । समाज वा संस्थामा तपाईंको भूमिका प्रशंसनीय बन्नेछ । अहंकारभन्दा सहकार्यलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रम धेरै गर्नुपर्ने दिन हो । साना काममा अल्झनु पर्ला तर निरन्तर प्रयासले राम्रो परिणाम आउनेछ । स्वास्थ्यमा पेट वा थकानसम्बन्धी समस्या देखिन सक्छ, सचेत रहनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्बन्धमा सन्तुलन र समझदारी आवश्यक पर्ने दिन हो । दाम्पत्य जीवनमा संवाद बढ्नेछ । आर्थिक निर्णय सोचविचार गरेर लिनु उपयुक्त हुन्छ । कानुनी वा कागजी काममा सावधानी अपनाउनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मन अलि गम्भीर र अन्तर्मुखी हुन सक्छ । गोप्य कुरा गोप्य नै राख्नु राम्रो हुन्छ । धैर्य र विवेकले काम गर्दा परिस्थिति बिस्तारै तपाईंको पक्षमा आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नयाँ योजना र सकारात्मक समाचार प्राप्त हुने दिन हो । यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ । आत्मविश्वास बढ्नेछ । भविष्यप्रति आशावादी सोच विकास हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी बढ्ने दिन हो । कामकाजमा स्थिरता आउने संकेत छन् । परिश्रमको उचित मूल्यांकन हुनेछ । वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र सिर्जनशीलता प्रबल रहने दिन हो । सामाजिक काममा सक्रियता बढ्नेछ । मित्रहरूको साथले मन उत्साहित रहनेछ । नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आध्यात्मिक र भावनात्मक पक्ष बलियो रहने दिन हो । मन शान्त रहनेछ । खर्च बढ्न सक्छ तर आवश्यक काममै हुनेछ । निर्णय गर्दा भावनाभन्दा विवेकलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

२०८२ माघ ११ गते, आइतबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ माघ ११ आइतवार ०७:४२ मा प्रकाशित

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...