back
CTIZAN AD

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प

वि.सं.२०८२ माघ १४ बुधवार

558 

shares

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताएका छन् । उनले उक्त कदमलाई अमेरिकी दबाब र सुरक्षा उपायको रूपमा व्याख्या गर्दै भने,“उहाँहरूले पहिले नै सन्धिमा सहमति गर्नु पथ्र्यो, आशा गर्छु अब गर्छन ।”

ट्रम्पले यो समूहले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको स्पष्ट पारे । उनले थपे,“यो समूहले ‘सुन्दर तरिकाले’ इरानतिर यात्रा गरिरहेको छ, र यसले सम्भावित तनाव नियन्त्रण गर्न सक्ने आशा गरिएको छ ।

अमेरिकी सेनाले पहिले नै युएसएस अब्राहाम लिङ्कन एयरक्राफ्ट क्यारियर समूहलाई मध्यपूर्वमा तैनाथ गरेको थियो ।

विश्लेषकहरूले ट्रम्पको यो वक्तव्य इरानसँगको सम्बन्धमा तनावपूर्ण सङ्केतको रूपमा व्याख्या गर्न सकिने अनुमान गरेका छन् ।

यस कदमले अंतर्राष्ट्रिय सुरक्षा र मध्यपूर्वको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भएकाले विश्व समुदायले यसलाई नजिकबाट नजर राखिरहेको छ । ट्रम्पको यो चेतावनीले अमेरिकी नीति र सैन्य रणनीतिका विषयमा पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ ।(रासस/एपी) 

वि.सं.२०८२ माघ १४ बुधवार १२:४४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...