back

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

वि.सं.२०८२ माघ १६ शुक्रवार

153 

shares

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक हजार ५४३, मुस्ताङमा २६६, म्याग्दीमा ७६५, बागलुङमा एक हजार २९८ र पर्वतमा ९६५ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६, कास्कीमा ९५७, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना खटिने छन् ।

एघार वटै जिलालामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरू भएको छ ।

निर्वाचन प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षानिकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिकलाई प्राथमिकताका साथ समावेश गरिएको जनाइएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।

वि.सं.२०८२ माघ १६ शुक्रवार १३:३४ मा प्रकाशित

Himalayan Life AD
किसानलाई आलु भित्राउन भ्याइन-भ्याई  ‘बिक्री गर्न बजारको समस्या छैन’

किसानलाई आलु भित्राउन भ्याइन-भ्याई ‘बिक्री गर्न बजारको समस्या छैन’

मन्थली (रामेछाप) । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश...

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै...

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...