back
CTIZAN AD

सुसेलीको सुरूङ

वि.सं.२०८२ माघ १७ शनिवार

1.1K 

shares

डा. बम बहादुर जिताली
नागार्जुन–१, रानीवन

तालु खुइले
बुढा–बुढी जस्ता छन्
बोट अहिले ।१

काग करायो
डाँफे, क्वैली हरायो
आयो जरायो ।२

फुकी बाँसुरी
रसदार मौरीले
दिन्थे माधुरी ।३

घोडेजात्रामा
गाईजात्रा गाँसियो
भाषा भासियो ।४

राजनीतिमा
भेडा–बाख्रा मिसिए
मान्छे मिचिए ।५

धान कुटेर
निफनेको चामल
खाए लुटेर ।६

लालुपाते झैं
नेता राता रमिता
फुस्रा जनता ।७

दुराचारी छन्
खजुराका खुट्टा झैं
भ्रस्टाचारी झन् ।८

आयो विनाश
भद्रगोल पारेर
लग्यो विकास ।९

लालीगुराँस
मखमली विकास
भयो विनाश ।१०

 

वि.सं.२०८२ माघ १७ शनिवार ०९:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...