back

लघुकथा : लक्षिण कि बुहारी

वि.सं.२०८२ माघ १७ शनिवार

519 

shares

अनुराग अरुण, लुभु, ललितपुर

न्यास्रो अनुहार लिएर शान्ति कोठामा आउँछे ।

के भो ? अनुहार न्यास्रो देख्छु । चिया किन नल्याको – हरिले सोध्छ ।

हिक्क हिक्क गरेर रुन थाल्छे । आँसु पुछिदिदै सोध्छ – किन रोको शान्ति के भो ?

हिक्क हिक्क गर्दै बोल्छे – चिया पकाउन गएको – तिमेरुले चिनी चियापत्ती किनेर राख्या छौ र ? भन्दै बुहारिले नराम्रोसंग गाली गरी ?

अङगालो मार्दै हरिले भन्छ –यति जाबो कुरामा मन दुखाउने हो त ? सबैको घरमा यस्तै हालत छ शान्ति । घरको कुरा घरमै राखौं है ।

शान्ति रुदै भन्छे – न राम्ररी खान पाउने । न चिया पिउन पाउने । अपमान सहेर म छोरा बुहारीसंग यहाँ बस्दिन । तेस्का माईतको आए । खान्न भन्दा नि छिनछिनमा सोधी सोधी कर गरेर खुवाईछिन । हामी भोकै बस्नु पर्ने ? बुढा, हिन गाम जाउँ । दुःख गरे पनि चैनले त बस्न पाईन्छ । कसैले अपमान त गर्दैनन् ।

छोरा टुप्लुक्कै बाको कोठामा पस्छ सोध्छ – बा, चिया पिउनु भो ?

हरिले भन्छ – पिए छोरा

आमाको न्यास्रो अनुहार देखेर फेरि छोराले सोध्छ – आमा सन्चो छैन कि क्या हो ? सञ्चो छैन भने जाँउ अस्पताल ?

हरि बोल्छ – अस्पताल लानु पर्दैन । तेरी आमालाई शहरको हवा पानी पचेन । हामी भोलि गाउँ फर्किन्छौ ।

बुवाको कुरा सुनेर छोराले सोध्छ – किन गाउँ जाने बा ?

शान्तिले बोल्न खोज्छ । नबोल्न ईसारा गर्दै हरिले भन्छ – घरवार खेतीपाती पनि त स्याहार्नु पर्यो । मान्छे बिनाको घर कस्तो हुन्छ । आफै बिचार गर बाबू ।

भोलि नाईट बस समातेर काठमाण्डौंबाट भोजपुर फर्किन्छ । गामघरका छिमेकीहरुले सोध्छन् – कस्तो छ बुहारी ?

हरिले भन्छ – लक्षिण कि छे मेरी बुहारी । सासुलाई क्यै काम गर्नै दिन्न । सबै काम आफैले गर्छिन । बेला बेला चिया बिस्कुट खाना नास्ता ल्याई रहन्छिन । खानै नसकिने है ! शान्ती ?

हाँस्दै शान्तिले भन्छे – हो ! हजुर । सासू ससुराको स्याहार सुसार माया गर्ने यस्तो बुहारी भाग्यले पाउँछ हजुर । मेरो जस्तो माया गर्ने बुहारी कुनै जुनीमा कसैले पाउँदैनन् । कुरा सुनेर छिमेकिहरु दंङ्ग पर्छन ।

एक छिमेकिले भन्छ – लक्षिण कि बुहारी पायौ । तिमेरु भाग्यमानी रैछौ हरि । क्या गर्नु ! आफ्नो त फुटेको कर्म ।

 

वि.सं.२०८२ माघ १७ शनिवार ०९:२५ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गजल

गजल

श्याम माकजू,भक्तपुर फुले पुष्प मनमा जवानी रहन्छ त्यहीँ भित्र घरमा...

कविता : भ्रष्टाचार

कविता : भ्रष्टाचार

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, नुवाकोट नेता छान्न चुनावको लहरमा, जुट्छन् सबै...

कविता : आमा बिनाको घर

कविता : आमा बिनाको घर

घनश्याम पौडेल,पोखरा आमा सन्ततिका निमित्त छत हुन् हावा हुरी छेक्दिने...

कविता : आवाजको खोजीमा

कविता : आवाजको खोजीमा

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर–६, बैतडी एक्लो शासन फूलको...

रागविराग

रागविराग

सुन्दरप्रसाद रिजाल, विराटनगर नानीभित्र बास बसेर परेलीका ओठ चलाउँछौ तिमी।...