back
CTIZAN AD

लघुकथा : लक्षिण कि बुहारी

वि.सं.२०८२ माघ १७ शनिवार

1.1K 

shares

अनुराग अरुण, लुभु, ललितपुर

न्यास्रो अनुहार लिएर शान्ति कोठामा आउँछे ।

के भो ? अनुहार न्यास्रो देख्छु । चिया किन नल्याको – हरिले सोध्छ ।

हिक्क हिक्क गरेर रुन थाल्छे । आँसु पुछिदिदै सोध्छ – किन रोको शान्ति के भो ?

हिक्क हिक्क गर्दै बोल्छे – चिया पकाउन गएको – तिमेरुले चिनी चियापत्ती किनेर राख्या छौ र ? भन्दै बुहारिले नराम्रोसंग गाली गरी ?

अङगालो मार्दै हरिले भन्छ –यति जाबो कुरामा मन दुखाउने हो त ? सबैको घरमा यस्तै हालत छ शान्ति । घरको कुरा घरमै राखौं है ।

शान्ति रुदै भन्छे – न राम्ररी खान पाउने । न चिया पिउन पाउने । अपमान सहेर म छोरा बुहारीसंग यहाँ बस्दिन । तेस्का माईतको आए । खान्न भन्दा नि छिनछिनमा सोधी सोधी कर गरेर खुवाईछिन । हामी भोकै बस्नु पर्ने ? बुढा, हिन गाम जाउँ । दुःख गरे पनि चैनले त बस्न पाईन्छ । कसैले अपमान त गर्दैनन् ।

छोरा टुप्लुक्कै बाको कोठामा पस्छ सोध्छ – बा, चिया पिउनु भो ?

हरिले भन्छ – पिए छोरा

आमाको न्यास्रो अनुहार देखेर फेरि छोराले सोध्छ – आमा सन्चो छैन कि क्या हो ? सञ्चो छैन भने जाँउ अस्पताल ?

हरि बोल्छ – अस्पताल लानु पर्दैन । तेरी आमालाई शहरको हवा पानी पचेन । हामी भोलि गाउँ फर्किन्छौ ।

बुवाको कुरा सुनेर छोराले सोध्छ – किन गाउँ जाने बा ?

शान्तिले बोल्न खोज्छ । नबोल्न ईसारा गर्दै हरिले भन्छ – घरवार खेतीपाती पनि त स्याहार्नु पर्यो । मान्छे बिनाको घर कस्तो हुन्छ । आफै बिचार गर बाबू ।

भोलि नाईट बस समातेर काठमाण्डौंबाट भोजपुर फर्किन्छ । गामघरका छिमेकीहरुले सोध्छन् – कस्तो छ बुहारी ?

हरिले भन्छ – लक्षिण कि छे मेरी बुहारी । सासुलाई क्यै काम गर्नै दिन्न । सबै काम आफैले गर्छिन । बेला बेला चिया बिस्कुट खाना नास्ता ल्याई रहन्छिन । खानै नसकिने है ! शान्ती ?

हाँस्दै शान्तिले भन्छे – हो ! हजुर । सासू ससुराको स्याहार सुसार माया गर्ने यस्तो बुहारी भाग्यले पाउँछ हजुर । मेरो जस्तो माया गर्ने बुहारी कुनै जुनीमा कसैले पाउँदैनन् । कुरा सुनेर छिमेकिहरु दंङ्ग पर्छन ।

एक छिमेकिले भन्छ – लक्षिण कि बुहारी पायौ । तिमेरु भाग्यमानी रैछौ हरि । क्या गर्नु ! आफ्नो त फुटेको कर्म ।

 

वि.सं.२०८२ माघ १७ शनिवार ०९:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...