back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ माघ १७ शनिवार

1.5K 

shares

कृष्ण शर्मा प्रतीक
मोदि –७ पर्वत, हाल : दुबई

१.
हिजो अर्कै थियौ
मुटुको घाउ बनेर
आज पीडा दियौ ।

२.
माया थियो अपार
सम्बन्ध अटुट हाम्रो
तर भइदियो हार ।

३.
वेदनाको पोको धोएको
गर्दैछु परिश्रम कठोर
देखेनौ मन रोएको ।

४.
सफलता पाउने आशा
चाहिँदैन तिम्रो साथ
छैन कुनै अभिलाषा ।

५.
रुखले पालुवा फेरे
वसन्त ऋतु आयो
भँवराले फूलबारी घेरे ।

६.
तिमीले मन नफेरे
बिर्सेर हाम्रो पिरती
पराई कोही नहेरे ।

७.
चाहे आँधी चलोस्
गरौँला सामना मिलेर
अजम्बरी सम्बन्ध बनोस् ।

८.
बगेर जाने खोला
सस्तो भयो हजुर
हामी मान्छेको चोला ।

९.
बिर्सियौ छिट्टै किन
खाएर बाचा तिमीले
थाल्यौ धोका दिन ।

११.
रहर थाती भएपछि
कर्तव्य भए अधुरा
उमेर ढल्दै गएपछि ।

वि.सं.२०८२ माघ १७ शनिवार ०९:२० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...