back
CTIZAN AD

चारु

वि.सं.२०८२ माघ १७ शनिवार

936 

shares

होम सुवेदी,भद्रपुर

हिमालको माथिबाट फाल हाल्न सकिँदैन
मनभरि पापहरू धेरै पाल्न सकिँदैन ।।

पानीबाट निकालेर बिजुली ता बल्छ तर
तातै पानी हाले पनि दियो बाल्न सकिँदैन ।।

हिजो आज मान्छेहरू आफ्नो इज्जत नास गर्छन्
आफू भने इज्जत यो यसै फाल्न सकिँदैन ।।

टालिएला कपडामा सानासाना प्वाल पर्दा
इज्जतमा प्वाल परे फेरि टाल्न सकिँदैन ।।

ईष्र्या गर्दै पर पर केही मान्छे भन्छन् अरे
ज्याद्रो रैछ होमलाई यसै ढाल्न सकिँदैन ।।

अक्षर सङ्ख्या ः १६
अनुप्रास ः आल्न
अत्यानुप्रास ः सकिँदैन
अभ्यास ः चारु अभ्यास पाठशाला

वि.सं.२०८२ माघ १७ शनिवार ०९:१७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...