back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ १७ शनिवार

1.1K 

shares

वीणा रोका क्षेत्री, दाङ

गयो ऊ लडाएर के हुन्छ हुन्छ
म बस्दै छु तड्पेर के हुन्छ हुन्छ

थियौँ एक धड्कन भयौँ भिन्न हामी
विगत आज सम्झेर के हुन्छ हुन्छ

बुझेँ प्रेम सच्चा हुँदै हुन्न भन्ने
ती आँखा जुधाएर के हुन्छ हुन्छ

थिएँ जिन्दगीको नयाँ चित्र कोर्दै
हृदयभित्र टाँसेर के हुन्छ हुन्छ

हुँदा प्रेम गाढा भयो भुल्न गाह्रो
बुझी प्रेम बिर्सेर के हुन्छ हुन्छ

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : मफाईलुन् , मफाईलुन् , मफाईलुन् , मफाईलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : एर
रदिफ : के हुन्छ हुन्छ
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ माघ १७ शनिवार ०९:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...