back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ १७ शनिवार

1K 

shares

बीके मुखिया,वाङदे
दार्जिलिङ,भारत

पण्डित हुँदैन कोही तागा लगाउँदैमा
पूजा हुँदैन साथी घण्टी बजाउँदैमा

पाखण्ड कर्म गर्दै जीवन सदा बिताए
मेटिन्न पाप हाम्रो गङ्गा नुहाउँदैमा

सेवा गरे दुखीको साक्षात् हुनेछ भगवान्
दर्शन हुँदैन हरिको खुब तीर्थ धाउँदैमा

आस्था गरेर कोही ढुङ्गाको गर्छ पूजा
बन्दैन देव ढुङ्गा दुध जल चढाउँदैमा

गीता कुरान पढ्ने मान्छे बन्यो अधर्मी
विद्वान् हुँदैन कोही पुस्तक समाउँदैमा

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलु , फाइलातुन् , मफ्ऊलु , फाइलातुन्
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आउँदै
तहलिली रदिफ : मा
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ माघ १७ शनिवार ०९:१२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...