back
CTIZAN AD

कविता : राखौँ चुनेर हामी

वि.सं.२०८२ माघ १७ शनिवार

651 

shares

रामशरण न्यौपाने “पाँचघरे”
चाँगुनारायण, भक्तपुर

छाती उदार होओस् अत्यन्त अग्रगामी
खुर्केर व्याधि फाल्ने आफैँ बनेर धामी
सामथ्र्यवान् सधैँ नै सत्कर्म गर्न नामी
लौ स्वच्छ दक्ष नेता राखौँ चुनेर हामी।।१

आँखातरेर हेर्ने ज्यादा भए सिकारी
नेपाल गुज्रिएको सङ्कष्टमा छ भारी
यो तत्थ्यलाई जानी ढालेर नै हरामी
लौ स्वच्छ दक्ष नेता राखौँ चुनेर हामी।।२

पूजा तथा प्रशंसा नेपाललाई गर्दै
शोभा र सिर्जनाले भण्डार पूर्ण भर्दै
निर्माणका सुनौला खाका बुनेर दामी
लौ स्वच्छ दक्ष नेता राखौँ चुनेर हामी।।३

ज्यादा उजाड पारे नेपाल देश सोसी
मैदानमा खडा छन् भाले बनेर दोषी
खुङ्खार भ्रष्टलाई डामौँ बनेर धामी
लौ स्वच्छ दक्ष नेता राखौँ चुनेर हामी।।४

नेपाल धाम पारौँ सारा बनी पुजारी
हौँ देवदूत प्यारा नेपाल स्वर्ग पारी
आस्था तथा प्रतिष्ठा जो राख्नसक्छ थामी
लौ स्वच्छ दक्ष नेता राखौँ चुनेर हामी।।५

छन्द : दिक्पाल
गण :त – र – म – ज – गु – गु
सङ्केत : SSI – SIS – SSS – ISI – S – S

वि.सं.२०८२ माघ १७ शनिवार ०९:१० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...