back
CTIZAN AD

कविता : सुध्रन्छ मेरो घर

वि.सं.२०८२ माघ १७ शनिवार

1.1K 

shares

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम

मान्छे दुख्छ उठाउँदै अगि बढूँ गन्तव्य सायुज्य होस् ।
मान्छे रुन्छ फकाउँदै सँग उठूँ बन्धुत्व नाता रहोस् ।।
सङ्लो मार्ग खनौँ मिलेर सबले हाँस्दै उचालौँ भव ।
दुर्छे दुर्गुण फ्याँक्न बेर नगरौँ आलस्य त्यागौँ अब ।।०१।।

जो छन् निर्धन दुख्नु हुन्न धनले हाँसेर काटून् जुनी।
मान्छे प्रेम समात्न बेर नगरौँ सप्रन्छ बेला गुनी ।।
मान्छे देख्दछ नेत्रले जब जहाँ आशा जगाओस् त्यहीँ।
मान्छे त्रास मुहान बन्दछ जहाँ दुख्नेछ मान्छे जहीँ ।।०२।।

होचा छन् धनले जहाँ जति जना अग्ल्याउँदै उठ्नुछ ।
मान्छे प्रेम दिने दया सगर होस् यो विश्वमै पुग्नुछ ।
मान्छे मानवझैँ बनेर दगुरोस् मान्छे स्वयम् रम्दछ ।
सच्चा शान्ति उदाउनेछ भवमा सायुज्यमा जम्दछ ।।०३।।

बिर्खे, निर्मल सारिका र रमिला हाँस्छन् खुसीले जब ।
चिन्ता ताप हटेर खुल्छ दुनियाँ सन्तोष पक्री तब ।।
मान्छे अश्रु बगाउँदै छ करले भेट्दैन रम्ने क्षण।
आँखाको जल पुछ्न उठ्नुछ सँगै गर्नै छ मैले प्रण ।।०४।।

मान्छे गल्न म दिन्न साहस दिई उठ्ने कला बाँड्दछु ।
जे छन् कष्ट अनेक ताप दिलका खुर्पा बनी फाँड्छन।।
लुट्छन् दानवझैँ बनेर मनुवा खेद्नै छ मैले पर।
लागूँ सेवक मार्गमा अब उठी सुध्रन्छ मेरो घर ।।०५।।

बोकौँ मानव भाव नित्य दिलमा को पिर्छ मान्छे पर ?
अग्ला कर्म टिपेर बढ्न म सके उठ्छन् सुकर्मी दर ।।
मान्छे रुन्छ हँसाउने प्रण गरूँ भित्रन्छ हाँसो घर।
अर्काका बह दूर गर्न म जुटूँ मान्छे बनून् निर्भर ।।०६।।

छन्द ः शार्दूलविक्रीडित
गण ः म – स – ज – स – त – त – गु
सङ्केत ः क्क्क् – क्ष्क्ष्क् – क्ष्क्क्ष् – क्ष्क्ष्क् – क्क्क्ष् – क्क्क्ष् – क्

वि.सं.२०८२ माघ १७ शनिवार ०९:०० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...