back
CTIZAN AD

गाजामा तीन जना आतङ्ककारीको मृत्यु : इजरायल

वि.सं.२०८२ माघ १६ शुक्रवार

621 

shares

जेरुसेलम। इजरायली सेनाले दक्षिणी गाजा सहर रफाहमा “आठ जना आतङ्ककारीहरू माथी रातारात आक्रमण गरेको उल्लेख गर्दै ती मध्ये तीन जनाको मृत्यु भएको शुक्रबार जनाएको छ ।

सेनाले विज्ञप्तिमा जारी गर्दै भूमिगत अवस्थाबाट निस्किएका “आठ जना आतङ्ककारी“ को पहिचान गरी वायुसेनाले “तीन जना आतङ्ककारीको हत्या गरेको बताएको छ ।

थप आक्रमणहरू सुरु गरिएको जनाउदै सनोले सबै आतङ्ककारीहरूलाई पत्ता लगाइ नष्ट गर्न सैनिकहरूले यस क्षेत्रमा खोजी कार्य जारी राखेको विज्ञप्तिमा भनिएको छ ।

रफाह इजिप्ट पार गर्ने स्थान हो, जुन गाजा पट्टी र बाहिरी संसार बीचको एक मात्र बाटो हो जसमा इजरायलमा सहायताको लागि महत्त्वपूर्ण स्थानको रुपमा लिइन्छ ।

सन् १०२३ अक्टोबर को आक्रमणबाट सुरु भएको इजरायल र हमासबिचको लडाइँ रोक्न भएको अमेरिकी योजनाको युद्धविराम दुवै पक्षले एक–अर्कालाई बारम्बार उल्लङ्घन गरेको आरोप लगाए पनि तीन महिना भन्दा बढी समयदेखि चलिरहेको छ ।

यस अघि जनवरीमा वासिङ्टनले युद्धविराम दोस्रो चरणमा पुगेको घोषणा गरेको थियो, जसको उद्देश्य युद्धको निश्चित अन्त्य गर्नु थियो ।

इजरायली सेनाले आफ्नो सेना “युद्धविराम सम्झौता अनुसार तैनाथ रहेको र कुनै पनि तत्काल खतरा हटाउन सञ्चालन जारी राख्ने बताएको छ ।(रासस/एएफपी) 

वि.सं.२०८२ माघ १६ शुक्रवार १४:१८ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...