back
CTIZAN AD

विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा

वि.सं.२०८२ माघ १६ शुक्रवार

525 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने उल्लेख गरेको छ ।

सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेको छ । सन्देशमा सहिदहरूको बलिदान राजनीतिक परिवर्तन मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको उल्लेख गरिएको छ ।

सन्देशमार्फत पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको प्रस्थान विन्दुका रूपमा समेत व्याख्या गरेका छन् । “निरंकुश राणाशासनको अन्त्यसहित नेपालको राजनीतिक आन्दोलन एवं जनअधिकार प्राप्ति र सामाजिक न्यायका लागि भएका संघर्षहरूमा अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुको गहिरो स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं”, सन्देशमा भनिएको छ, “सहिदको बलिदानको वास्तविक सम्मान भनेको राष्ट्रिय स्वाभिमान, एकता र जनअपेक्षाको यथोचित सम्बोधन हो ।”

वि.सं.२०८२ माघ १६ शुक्रवार १५:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...