back
CTIZAN AD

आज माघ १७ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको दिन ?

वि.सं.२०८२ माघ १७ शनिवार

726 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ। साथीभाइको सहयोग जुट्नेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ। साँझदेखि घरायसी समस्या सुल्झाउन जुट्नुपर्ला। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान–सम्मान प्राप्त हुनेछ। सहयोगीहरू बढ्नेछन्। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन मनोरञ्जनपूर्ण हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आकस्मिक कामले खर्च बढाउन सक्छ। शरीरमा थकान महसुस हुनेछ। आफन्त र परिवारजनबाट टाढा भइने समय छ। बाध्यतावश विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। समस्यामा साथ दिने थोरै भेटिनेछन्। समस्या टार्न रकम सापट लिनुपर्ने आवश्यकता पर्न सक्छ। किनमेलमा बढी खर्च हुनेछ। फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामको जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। साँझतिर खर्च बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिले रोकिएको काम बन्नाले उत्साहित भइनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। साँझतिर उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आफ्ना काममा अरूको भरपर्दा कमजोरी तथा गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। मिहिनेत गर्दा पछि फाइदा हुने काम बन्न सक्छ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। राति स्वास्थ्य कमजोर बन्नेछ भने काम बिग्रने भयले पनि सताउन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले सामाजिक उपलब्धि प्राप्त गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम थालनी हुनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले विशेष लाभ उठाउन सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ। रोकिएको अध्ययन पूरा हुनेछ। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा साँझतिर काम बनाउन सफल भइनेछ।

२०८२ माघ १७ गते (३१ जनवरी २०२६) शनिवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ माघ १७ शनिवार ०५:४२ मा प्रकाशित