back

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०८२ माघ १७ शनिवार

210 

shares

झापा । मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १०ः०० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पु¥याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।

वि.सं.२०८२ माघ १७ शनिवार ०७:२७ मा प्रकाशित

Himalayan Life AD
किसानलाई आलु भित्राउन भ्याइन-भ्याई  ‘बिक्री गर्न बजारको समस्या छैन’

किसानलाई आलु भित्राउन भ्याइन-भ्याई ‘बिक्री गर्न बजारको समस्या छैन’

मन्थली (रामेछाप) । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश...

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

आज यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज नाका हुँदै छ महिनामा १२ अर्बको खाद्यान्न आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा...

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ...

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

दीपक घर्ती मगरको ‘गुलाबी साडी’ गीत सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक दीपक घर्ती मगरको नयाँ गीत ‘गुलाबी...

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

निर्जीवन बीमा बजारमा शिखरको दबदबाकायमैः दोस्रो त्रैमाससम्म २४ अर्ब माथिको व्यापार

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३...