वीणा रोका क्षेत्री, दाङ
गयो ऊ लडाएर के हुन्छ हुन्छ
म बस्दै छु तड्पेर के हुन्छ हुन्छ
थियौँ एक धड्कन भयौँ भिन्न हामी
विगत आज सम्झेर के हुन्छ हुन्छ
बुझेँ प्रेम सच्चा हुँदै हुन्न भन्ने
ती आँखा जुधाएर के हुन्छ हुन्छ
थिएँ जिन्दगीको नयाँ चित्र कोर्दै
हृदयभित्र टाँसेर के हुन्छ हुन्छ
हुँदा प्रेम गाढा भयो भुल्न गाह्रो
बुझी प्रेम बिर्सेर के हुन्छ हुन्छ
बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : मफाईलुन् , मफाईलुन् , मफाईलुन् , मफाईलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : एर
रदिफ : के हुन्छ हुन्छ
अभ्यास : स्वर्ण पाठशाला
वि.सं.२०८२ माघ १७ शनिवार ०९:१४ मा प्रकाशित




























