होम सुवेदी,भद्रपुर
हिमालको माथिबाट फाल हाल्न सकिँदैन
मनभरि पापहरू धेरै पाल्न सकिँदैन ।।
पानीबाट निकालेर बिजुली ता बल्छ तर
तातै पानी हाले पनि दियो बाल्न सकिँदैन ।।
हिजो आज मान्छेहरू आफ्नो इज्जत नास गर्छन्
आफू भने इज्जत यो यसै फाल्न सकिँदैन ।।
टालिएला कपडामा सानासाना प्वाल पर्दा
इज्जतमा प्वाल परे फेरि टाल्न सकिँदैन ।।
ईष्र्या गर्दै पर पर केही मान्छे भन्छन् अरे
ज्याद्रो रैछ होमलाई यसै ढाल्न सकिँदैन ।।
अक्षर सङ्ख्या ः १६
अनुप्रास ः आल्न
अत्यानुप्रास ः सकिँदैन
अभ्यास ः चारु अभ्यास पाठशाला
वि.सं.२०८२ माघ १७ शनिवार ०९:१७ मा प्रकाशित




























