कृष्ण शर्मा प्रतीक
मोदि –७ पर्वत, हाल : दुबई
१.
हिजो अर्कै थियौ
मुटुको घाउ बनेर
आज पीडा दियौ ।
२.
माया थियो अपार
सम्बन्ध अटुट हाम्रो
तर भइदियो हार ।
३.
वेदनाको पोको धोएको
गर्दैछु परिश्रम कठोर
देखेनौ मन रोएको ।
४.
सफलता पाउने आशा
चाहिँदैन तिम्रो साथ
छैन कुनै अभिलाषा ।
५.
रुखले पालुवा फेरे
वसन्त ऋतु आयो
भँवराले फूलबारी घेरे ।
६.
तिमीले मन नफेरे
बिर्सेर हाम्रो पिरती
पराई कोही नहेरे ।
७.
चाहे आँधी चलोस्
गरौँला सामना मिलेर
अजम्बरी सम्बन्ध बनोस् ।
८.
बगेर जाने खोला
सस्तो भयो हजुर
हामी मान्छेको चोला ।
९.
बिर्सियौ छिट्टै किन
खाएर बाचा तिमीले
थाल्यौ धोका दिन ।
११.
रहर थाती भएपछि
कर्तव्य भए अधुरा
उमेर ढल्दै गएपछि ।
वि.सं.२०८२ माघ १७ शनिवार ०९:२० मा प्रकाशित




























