back
CTIZAN AD

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत बने सुमन शर्मा

वि.सं.२०८२ माघ २० मंगलवार

606 

shares

काठमाडौं । प्रभु बैंकले सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी दिएको छ। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव बोकेका शर्मा दक्ष र अनुभवी बैंकरका रूपमा परिचित छन्। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए भने त्यसअघि माछापुच्छ्रे बैंकको सीईओका रूपमा काम गरिसकेका छन्।

निवर्तमान सीईओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि बैंकले सो राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ नेतृत्वको जिम्मा दिएको हो। शर्माले ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य अनुभव हासिल गरेका छन्। शैक्षिक पृष्ठभूमिका हिसाबले शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्।

उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियरको सुरुआत गरेका थिए। एसबीआई बैंकमा करिब सात वर्ष काम गरेपछि उनले सन् २००५ मा नेदरल्याण्ड्सस्थित मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए अध्ययन पूरा गरेका हुन्। शर्मा अर्थशास्त्र र फाइनान्स विषयमा एमबीएतर्फ स्वर्ण पदक प्राप्त गर्ने बैंकरसमेत हुन्।

वि.सं.२०८२ माघ २० मंगलवार १२:१९ मा प्रकाशित

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक

चितवन। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले 'पद्मश्री साहित्य पुरस्कार–२०८३' का...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...