back
CTIZAN AD

प्रभु बैंकका सीईओ अशोक शेरचनले पद छाडे

वि.सं.२०८२ माघ २० मंगलवार

723 

shares

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफ्नो जिम्मेवारीबाट अलग भएका छन्। बैंकको सञ्चालक समितिले उनीमाथि लगाइएको निलम्बन हटाएपछि शेरचनले औपचारिक रूपमा राजीनामा दिएका हुन्।

यसअघि बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेरचनलाई पक्राउ गरेपछि बैंकले उनलाई निलम्बन गरेको थियो। अनुसन्धानका क्रममा पर्याप्त प्रमाण नदेखिएको भन्दै विशेष सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको थियो।

प्रहरीले पटक–पटक म्याद थपको माग गरेपछि उच्च अदालत पाटनले अन्तिम पटकका लागि पाँच दिनभित्र बयान प्रक्रिया सक्न निर्देशन दिएको थियो। सो समयावधि समाप्त भएपछि सरकारी वकिल कार्यालयले निर्णय गर्दै शेरचनलाई रिहा गरेको हो। यद्यपि, सीआईबीले अनुसन्धान प्रतिवेदन हालसम्म वकिल कार्यालयमा बुझाइसकेको छैन।

हाजिर जमानीमा रिहा भएपछि प्रभु बैंकको सञ्चालक समितिले शेरचनमाथिको निलम्बन फुकुवा गरेको थियो। त्यसपछि उनले सीईओ पदबाट अलग हुने निर्णय गरेका हुन्।

बैंकिङ क्षेत्रमा करिब तीन दशक लामो अनुभव बोकेका शेरचनले प्रभु फाइनान्स र प्रभु विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन्। किस्ट बैंकसँगको मर्जरपछि बनेको प्रभु बैंकमा उनी सुरुमा नायब प्रमुख कार्यकारी अधिकृत बनेका थिए र पछि सीईओको जिम्मेवारी सम्हालेका थिए।

उनको कार्यकालमा प्रभु बैंकले ग्रान्ड बैंक, सेञ्चुरी बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्दै आफ्नो आकार र पहुँच विस्तार गरेको थियो।

वि.सं.२०८२ माघ २० मंगलवार १२:०५ मा प्रकाशित

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

हेटौँडाको दक्षिणकाली मन्दिरमा दर्शनार्थीको आकर्षण

बागमती । हेटौँडा उपमहानगरपालिका–५ सानोपोखरामा अवस्थित दक्षिणकाली मन्दिर यस क्षेत्रको...

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि,प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ...

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने

काठमाडौँ । उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण...