back
CTIZAN AD

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार

225 

shares

चितवन। खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार–२०८३’ का लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त (सर्टलिस्ट) सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानले पहिलो चरणमा विस्तारित सूचीमा समावेश गरिएका कृतिमध्ये निर्णायक मण्डलको सिफारिसका आधारमा दोस्रो चरणमा पाँच उत्कृष्ट कृति छनोट गरी सार्वजनिक गरेको जनाएको छ।

सार्वजनिक गरिएको संक्षिप्त सूचीमा क्षतिज समर्पणको तोरकिन, सीमा अभ्यासको महाभोज, डा नवराज केसीको स्वस्पर्स, श्रवण मुकारुङको सलह तथा नदिशको हिउँद परेका छन्। यी पाँच कृतिमध्येबाट यस वर्षको पद्मश्री साहित्य पुरस्कार विजेता छनोट गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार पद्मश्री साहित्य पुरस्कार छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन चरणबद्ध मूल्याङ्कन प्रणाली अपनाइएको छ। पहिलो चरणमा प्रकाशित साहित्यिक कृतिहरूमध्ये उत्कृष्ट १५ कृतिलाई विस्तारित सूची (लङलिस्ट) मा समावेश गरिएको थियो भने त्यसपछि साहित्यकार तथा विज्ञ सम्मिलित निर्णायक मण्डलको विस्तृत मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची तयार गरिएको हो।

प्रतिष्ठानले नेपाली साहित्यमा सिर्जनशीलता, मौलिकता र गुणस्तरीय लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले वि।सं। २०६३ सालदेखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गरिने यो पुरस्कार नेपाली साहित्यकै प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।

 

वि.सं.२०८३ साउन १५ शुक्रवार ११:०४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...