back
CTIZAN AD

आर्थिक अभावले उपचारमा समस्या भएकालाई विद्यार्थीको सहयोग

वि.सं.२०८२ माघ २१ बुधवार

465 

shares

भोजपुर । भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीले आर्थिक रूपमा कमजोर भएका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । क्याम्पसमा अध्ययनरत सङ्गम विश्वकर्माका बुबा गम्भीर बिरामी परेपछि विद्यार्थीले सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामाङका अनुसार विद्यार्थीबाट सङ्कलित रु १६ हजार ५२० रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ । सङ्गमका बुबाको उपचारका लागि आर्थिक अभाव भएपछि स्ववियुले सबैमा सहयोगको आह्वानसमेत गरेको उनले जानकारी दिए ।

सङ्गम विश्वकर्माका बुबा फोक्सोको सङ्क्रमणका कारण हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदै छन् ।

वि.सं.२०८२ माघ २१ बुधवार १२:४२ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...