back
CTIZAN AD

किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

वि.सं.२०८२ माघ २१ बुधवार

699 

shares

भोजपुर । स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुईदिने कृषि प्रदर्शनी आयोजना गरिएको छ ।

यहाँका कृषिउपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा वडाभित्र उत्पादन हुने कृषिउपजको जानकारी दिने, किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने तथा स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष बालबहादुर खड्काका अनुसार वडामा उत्पादन हुने कृषिउपजको प्रवद्र्धन र बजारीकरण गर्दै किसानलाई हौसला प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो । “स्थानीय उत्पादनलाई चिनाउँदै किसानको मेहनतको मूल्य सुनिश्चित गर्न कृषि प्रदर्शनी उपयोगी बनेको छ”, उनले भने । उनका अनुसार प्रदर्शनीमा सहभागी किसानलाई सम्मानसमेत गरिएको छ ।

प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, अदुवा, मुला, केरा, बेसार, लसुन, कोदो, मकै, धानलगायतका विभिन्न कृषिउपज राखिएका छन् । मेलामा सहभागी किसानले आफ्ना उत्पादनबारे जानकारी दिँदै प्रत्यक्ष बिक्रीसमेत गरेका छन् । कृषि प्रदर्शनीले किसानलाई प्रोत्साहन गर्नुका साथै कृषि कर्ममा निरन्तर लाग्न हौसला प्रदान गर्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनका अनुसार गाउँपालिकाले किसान लक्षित तालिम, अनुदान तथा प्रविधि हस्तान्तरणजस्ता कार्यक्रम सञ्चालन गर्दै कृषकलाई आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको छ ।

स्थानीयस्तरमा उत्पादन भएका कृषिउपजलाई आमनागरिकसम्म चिनाउन कृषि प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । यस्ता कार्यक्रमले व्यावसायिक रूपमा कृषि कर्ममा संलग्न किसानलाई थप प्रोत्साहन मिल्नुका साथै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढाउने उनकोे विश्वास छ ।

कार्यक्रमले स्थानीय उत्पादनको खपत बढाउन, किसानको आम्दानी वृद्धि गर्न तथा दिगो कृषि विकासमा टेवा पु¥याउने उपाध्यक्ष राईले बताए ।

वि.सं.२०८२ माघ २१ बुधवार १५:४३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...