जानुका गुरागाईँ
लोकन्थली, भक्तपुर
सङ्गीत देलान् ठान्थेँ चुराले
झेल्दै छ झन्झट यो पुर्पुराले
के लत बसेछ तिनमा नशाको
जीवन छ गिर्दै आखिर सुराले
बोली नझर्दै मुखबाट भुइँमा
बेकार झम्टिन्छन् दाउराले
भर पर्न लायक छैनन् कुनै मन
घर धन्न धान्छन् यी पाखुराले
कर्कश छ बोली व्यवहार उस्तै
हरबार घोच्छन् तिनका कुराले
बहर : मुतकारिब मुसम्मन असलम
अर्कान : फैलुन्, फऊलुन्, फैलुन्, फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया : उरा
तहलिली रदिफ : ले
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८२ माघ २४ शनिवार ०५:३९ मा प्रकाशित






























