back
CTIZAN AD

गजल

वि.सं.२०८२ माघ २४ शनिवार

1.6K 

shares

सिर्जना खनाल,भैरहवा, रूपन्देही

कसैको प्रतीक्षाको पाना छ मनमा
नसोच्नू तिमीले फलाना छ मनमा

भयो के कसो कुन बखत भन्न सक्छौ
सबै बुझ्न खोज्ने तराना छ मनमा

छ विश्वास उस्तै फरक छैन केही
बफादारको हद सिमाना छ मनमा

नजरमा थियौ छौ हुनेछौ नठान्नू
नजर मोड्न तत्पर बहाना छ मनमा

समयले जुरायो समयमै छुटायो
विगतभित्र पस्ने निसाना छ मनमा

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया बन्धन : आना
रदिफ : छ मनमा
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ माघ २४ शनिवार ०५:४२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...