back
CTIZAN AD

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

वि.सं.२०८२ माघ २६ सोमवार

588 

shares

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना AI टेलिभिजनहरूमा विशेष छुट तथा एक्सचेन्ज बोनससहितको आकर्षक अफर सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत प्रिमियम QLED टिभीदेखि HD टिभी मोडेलसम्म २१ प्रतिशतसम्मको क्यासब्याक र रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार 4K AI Upscaling प्रविधि, ८५ इन्चसम्मको ठूलो स्क्रिन र Adaptive Sound फिचरका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउँदै घरमै स्टेडियमजस्तो अनुभव प्रदान गर्दछ। साथै, Samsung Knox Security मार्फत स्मार्ट कनेक्टिभिटी सुरक्षित र भरपर्दो रहने बताइएको छ।

मनोरञ्जन अनुभवलाई थप सशक्त बनाउन सामसङले सन् २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभी खरिदमा रु ३,००० सम्मको निःशुल्क NETTV प्याकेज पनि उपलब्ध गराउने घोषणा गरेको छ। QLED र UHD मोडेल खरिदमा १२ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन प्रदान गरिनेछ भने FHD र HD मोडेल खरिदमा ६ महिनाको निःशुल्क सब्स्क्रिप्सन पाइनेछ।

सामसङ टिभीमा NETTV एप सक्रिय गर्न ग्राहकहरूले Samsung Account मा साइन इन वा साइन अप गरी Samsung Store बाट NETTV एप इन्स्टल गर्नुपर्नेछ। त्यसपछि टिभी खरिदका प्रमाण पेश गरी एपमा लगइन गरेपछि निःशुल्क मनोरञ्जनको आनन्द लिन सकिनेछ।

ग्राहकलाई थप विश्वास दिलाउन सामसङले T, A, B, C, D र F Series टिभीहरूमा उत्पादनसम्बन्धी त्रुटि कभर हुने ३ वर्षको वारेन्टी पनि उपलब्ध गराउँदै आएको छ।

अफर विवरण अनुसार QLED (५५–८५ इन्च) टिभीमा १९ प्रतिशतसम्म छुट र रु ७,००० सम्मको एक्सचेन्ज बोनस, UHD (४३–६५ इन्च) मा १० प्रतिशतसम्म छुट र रु ४,००० सम्मको बोनस उपलब्ध छ। FHD र HD टिभीमा पनि मोडेल अनुसार ७ देखि २१ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिला EMI विकल्पमा टिभी तथा होम अप्लायन्स खरिद गर्न सक्नेछन्। प्रक्रिया सरल रहेको र केवल नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ। ग्राहकहरूले नेपालभरका अधिकृत सामसङ रिटेल स्टोर तथा आर्कोस्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न सक्नेछन्।

 

वि.सं.२०८२ माघ २६ सोमवार १३:३२ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...