back
CTIZAN AD

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

वि.सं.२०८२ माघ २६ सोमवार

474 

shares

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२’ को नतिजा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको तथ्याङ्क कार्यालयले सोमबार एक कार्यक्रमका बीच नेपालमा महिला तथा बालबालिकाको अवस्था, स्वास्थ्य, शिक्षा र सरसफाइ लगायतका सूचकहरू समेटिएको प्रतिवेदन सार्वजनिक गरेको हो।

बाल मृत्युदरमा सुधार: सुदूरपश्चिममा उच्च, बागमतीमा न्यून

सर्वेक्षण अनुसार नेपालमा प्रति १,००० जीवित जन्ममध्ये १ वर्ष मुनिका २७ जना शिशुको मृत्यु हुने गरेको पाइएको छ। यस्तै, ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति १,००० मा ३१ जना रहेको छ।

प्रादेशिक रूपमा हेर्दा नवजात शिशु मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम  रहेको छ। ५ वर्ष मुनिको बाल मृत्युदर पनि सुदूरपश्चिममै बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम देखिएको छ।

९६ प्रतिशत घरधुरीमा विद्युत, मोबाइल र इन्टरनेटको पहुँच

नेपालका ९६.७ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको प्रतिवेदनले देखाएको छ। यसमा गण्डकी प्रदेश ९९.५ प्रतिशतसहित अगाडि छ भने कर्णाली प्रदेश ८०.८ प्रतिशतसहित पछाडि रहेको छ।

सूचना प्रविधिको क्षेत्रमा पनि उल्लेख्य प्रगति देखिएको छ । कार्यालयका अनुसार ९५.५ प्रतिशत घरधुरीमा टेलिफोन वा मोबाइल फोनको पहुँच छ। त्यस्तै प्रत्येक पाँचमध्ये चार (८२.० प्रतिशत) घरधुरीले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गर्ने गरेका छन् भने १५ देखि ४९ वर्षका ८१.६ प्रतिशत महिलाहरूसँग आफ्नै मोबाइल फोन रहेको छ।

प्रजनन स्वास्थ्य र मातृ सुरक्षा

नेपालमा कुल प्रजनन दर प्रति महिला १.९ रहेको पाइएको छ। सर्वेक्षणअनुसार १५–१९ वर्षका किशोरीहरूको प्रजनन दर प्रति १,००० मा ४८ जना रहेको छ। यस्तै, ५४.० प्रतिशत गर्भवती महिलाले कम्तीमा ४ पटक प्रसूति पूर्व जाँच गराएको पाइएको छ भने ९०.५ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा हुने गरेको छ।

बाल पोषणको अवस्था चिन्ताजनक

प्रतिवेदन अनुसार बाल पोषणको क्षेत्रमा भने अझै सुधारको आवश्यकता देखिएको छ। ५ वर्षमुनिका बालबालिकामध्ये  ३१.५ प्रतिशत बालबालिका उमेर अनुसार उचाइ कम भएका (पुड्को) छन्। त्यस्तै ६.६ प्रतिशत बालबालिकामा खिउटेपन देखिएको छ भने २४.३ प्रतिशत बालबालिकाको उमेर अनुसार तौल कम रहेको छ। मधेश प्रदेशमा उमेर अनुसार तौल कम भएका बालबालिकाको संख्या सबैभन्दा बढी (३३.२ प्रतिशत) छ।

सरसफाइ र पिउने पानीको गुणस्तर

९८.२ प्रतिशत जनसंख्याले सुधारिएको खानेपानीको स्रोत प्रयोग गर्ने गरे पनि पानीको गुणस्तरमा भने चुनौती देखिएको छ। परीक्षण गरिएका ६०.४ प्रतिशत घरधुरीको पिउने पानीमा हानिकारक जीवाणु ‘ई-कोलाई’ भेटिएको प्रतिवेदनमा उल्लेख छ।

सुर्तीजन्य पदार्थको सेवन र स्वास्थ्य बीमा

सर्वेक्षणले १५ देखि ४९ वर्षका ५.१ प्रतिशत महिला र ४१.८ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ। यस्तै, स्वास्थ्य बीमाको पहुँच महिलामा १७.८ प्रतिशत र पुरुषमा १९.६ प्रतिशत मात्र पुगेको पाइएको छ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको यो सर्वेक्षणमा देशभरका ५४० क्लस्टरका १२ हजार नै सय ६० परिवारलाई समेटिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।

पुरा विवरण हेर्नुहाेस्

वि.सं.२०८२ माघ २६ सोमवार १५:४२ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

जीवन कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई अत्यन्तै कठोर प्रश्न सोध्छ। हामी...