back
CTIZAN AD

मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्ने निश्चित

वि.सं.२०७४ असार १ बिहीवार

999 

shares

१ असार, चौतारा । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने काम अझै बाँकी भएकाले आगामी दशैँ अगाडि राजधानीवासीलाई पानी खुवाउन असमर्थ रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभयो ।

सुरुङ निर्माण गर्न अम्बाथानदेखि ग्याल्थुमसम्म १.५ किमी र ग्याल्थुमदेखि सिन्धुसम्म १.५ किमी गरी तीन किमी बाँकी नै भएको आयोजनाले जनाएको छ । सिन्धुको माथिल्लो भागमा कमसल चट्टान फेला परेकाले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उपकार्यकारी निर्देशक दुवाडीले भन्नुभयो – “दैनिक १५ देखि बढीमा २३ मिटरसम्म मात्र सुरुङ खन्ने काम भएकाले दसैँको लक्ष्य भेट्न मुस्किल पर्ने देखिएको छ ।”

काममा तीव्रता दिन बेलाबेलामा ठेकेदार कम्पनीलाई निर्देशन दिइए पनि उपकरणहरु बारम्बार बिग्रिरहने कारणले पनि काममा असर पर्न गएको आयोजनाले जनाएको छ ।

कमसल भूभाग भेटिएपछि ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकामा हाल भइरहेको कामभन्दा २–३ मिटरभन्दा बढी नखनेर तुलनात्मक रुपमा डबल खर्च लाग्ने देखिएको हुँदा त्यसलाई अपनाउन नसकिएको उपकार्यकारी निर्देशक दुवाडीले जानकारी दिनुभयो ।

यो वर्षको वडादसैँ असोजको पहिलो सातादेखि सुरु हुने हुँदा दसैँ अगाडि पानी लान दैनिक ३५ मिटरका दरले सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा दसैँ अगाडि उपत्यकामा पानी पु¥याउन नसक्ने आयोजनाको धारणा रहेको छ ।

वि.सं.२०७४ असार १ बिहीवार १०:१३ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...