back
CTIZAN AD

दूध बेचेर मासिक असी हजार आम्दानी

वि.सं.२०७४ असार १ बिहीवार

996 

shares

१ असार, रामपुर (पाल्पा) । रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ ।

जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गानाले अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ ।

पाँच वर्षसम्म शिक्षण पेसाको अनुभव लिनुभएका ढुङ्गानाले जागिर छाडेपछि एउटा स्थानीय जातको गाईबाट व्यवसाय थाल्नुुभएको हो । उहाँको फार्ममा हाल उन्नत जातका १० वटा गाई र दुई वटा बाच्छा छन् । दैनिक ५० लिटर दूध उत्पादन हुन्छ ।

“जागिरले दैनिक गुजारा चलाउन निकै धौ धौ परेको थियो, छोरा छोरीको पढाइ खर्च जुटाउन समस्या भएपछि जागिर छोडेर गाईपालन सुरु गरेको हुँ,” उहाँले भन्नुभयो । अहिले घरमै बसीबसी मासिक रु ७० हजारदेखि रु ८० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले घरबाटै दूध बिक्री गरिरहनुभएको छ ।

“एउटा गाईबाट आठ लिटरसम्म दूध उत्पादन हुन्छ,” ढुङ्गानाले भन्नुभयो । गाईफार्म सँगसँगै दिनभरको फुर्सदको समयलाई उहाँले सदुपयोग गर्न तरकारीखेती समेत गर्दै आउनुभएको छ । उहाँ कृषि क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रका समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

ढुङ्गानाले मकै बालीमा राष्ट्रियस्तरको दोस्रो पुरस्कार समेत प्राप्त गर्नुभएको छ । व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । उन्नत जातका गाई पाल्ने उहाँले सोच बनाउनुभएको छ । उहाँको व्यवसाय देखेपछि गाउँका अन्यले समेत गाईपालन थालेका छन् । जागिरे जीवन बन्धन र परिवारको गुजारा चलाउन नपुग्ने तलबमा भुलेर समय बिताउनुभन्दा कृषि व्यवसाय गरेर आफ्नै मेहनत र पाखुरीमा रमाउन सबैलाई उहाँ सुझाव दिनुहुन्छ ।

स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका ढुङ्गानाले शिक्षित युवालाई जागिरमा सीमित रहनुभन्दा व्यवसाय गरेर नमुना उद्यमी बन्न हौसला प्रदान गर्दै आउनुभएको छ ।

वि.सं.२०७४ असार १ बिहीवार १०:१७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...