back
CTIZAN AD

एघार हजार पिन्ट रगत आपूर्ति

वि.सं.२०७४ असार १ बिहीवार

951 

shares

१ असार, झापा । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ ।

जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७०÷७१ मा नौ हजार पिन्ट, २०७१÷७२ मा १० हजार ७५० र आव २०७२÷७३ मा १० हजार १९५ पिन्ट रगत आपूर्ति गरिएको रेडक्रस झापाले जनाएको छ ।

जिल्लामा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गए पनि १०० जनामा ६० जनामात्र रक्तदानका लागि योग्य हुने गरेको पाइएको छ । “रक्तदान गर्ने मानिस बढेका छन्, सङ्कलन पनि बढेको छ,” ढकालले भन्नुभयो – “धेरैमा रक्तदातामा उच्च रक्तचाप, न्यून रक्तचाप, मधुमेहलगायत दीर्घरोग देखिएकाले उनीहरु रक्तदानका लागि अयोग्य हुने गरेका छन् ।”

भारतको सिलिगुढीका अस्पतालबाट रगतका लागि पे्रस्क्रिप्सन लिएर बिरामी यहाँ आउने गरेका छन् । “त्यताका अस्पतालले पहिला नेपालको रगत लिँदैन्थे,” सभापति ढकालले भन्नुभयो – “अहिले लिन्छन्, त्यताबाट आउनेलाई पनि रगत उपलब्ध गराउने गरेका छौँ ।”

रेडक्रस झापाले भद्रपुर, बिर्तामोड र दमक रक्तसञ्चार केन्द्र र बिर्तामोडको बिएन्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ । इलाम, पाँचथर, ताप्लेजुङबाट बिरामी उपचारका लागि बिर्तामोड आउने गरेकाले करिब ७० प्रतिशत रगत यही खपत हुने गरेको रेडक्रस झापाले जनाएको छ ।

रेडक्रस उपशाखा बिर्तामोडमा यसै सातादेखि ब्लड सेपरेटर मेसिन सञ्चालन आउन लागेको सभापति ढकालले जानकारी दिनुभयो । ब्लड सेपरेसन मेसिन सञ्चालन आएसँगै एक पिन्ट रगत चारजना पुग्ने भएको छ । रगतमा हुने प्लेट्लेस, प्लाज्मा, रातो रक्तकोष र सेतो रक्तकोष छुट्याएर बिरामीलाई जे आवश्यक छ त्यही दिन सकिने छ । ब्लड सेपरेसन मेसिन सञ्चालन गर्न आवश्यक ११ जना दक्ष जनशक्ति तयारी अवस्थामा रहेको ढकालले जानकारी दिनुभयो ।

ब्लड सेपरेटर मेसिन पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा सञ्चालनमा ल्याइएको छ ।

वि.सं.२०७४ असार १ बिहीवार १०:५१ मा प्रकाशित

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

रास्वपाकाे तर्लेफबाट काे-काे छन् संसदीय समिति सभापतिका उम्मेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

रास्वपाले लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समितिको सभापति कांग्रेसलाई दिने...