back
CTIZAN AD

झापामा फस्टाउँदै मकैखेती

वि.सं.२०७४ असार १ बिहीवार

1.1K 

shares

१ असार, सुरुङ्गा (झापा) । झापामा बर्सेनि मकैको उत्पादन वृद्धि हुँदै गएको छ ।

मकैखेतीका लागि हावापानी अनुकूल र उन्नत जातका बीउ प्रयोग गरेसँगै मकै उत्पादनमा वृद्धि हुँदै गएको हो । विसं २०७१ मा जिल्लामा ३२ हजार ७०० हेक्टर जग्गामा गरिएको मकैखेती अहिले ३७ हजार ९०० हेक्टरमा लगाइएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी शीतल भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि गणना २०६८ को तथ्याङ्क अनुसार मकै उत्पादनका लागि झापा मुलुककै अग्रणी जिल्ला हो । यहाँ अरुण, रामपुर कम्पोजिटलगायत मकैको खेती गरिँदै आएको छ । पछिल्लो समय विभिन्न उन्नत जातका मकैको खेती हुन थालेसँगै उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख प्रकाशकुमार डाँगीले बताउनुभयो ।

“मकैखेती गर्ने कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ,” उहाँले भन्नुभयो । जिल्लामा प्रतिहेक्टर छ टनदेखि सात टनसम्म मकै उत्पादन हुन्छ । विसं २०६८ अघिसम्म करिब २८ हजार हेक्टरमा मात्र मकैखेती गरिँदै आएको थियो ।

गत वर्ष ३७ हजार ६०० हेक्टरमा एक लाख ६९ हजार ५७६ मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष ३७ हजार ९०० हेक्टरमा एक लाख ७० हजार ९०० मेट्रिक टन मकै उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा मकैको बजार मूल्य प्रतिक्विन्टल रु दुई हजार २०० देखि रु दुई हजार ३०० सम्म रहेको छ । रासस

वि.सं.२०७४ असार १ बिहीवार ११:२७ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...