back

पेपेले रोजे फ्रेन्च क्लब पिएसजी

वि.सं.२०७४ असार १ बिहीवार

840 

shares

pepe

१ असार, काठमाडौँ । रियल म्याड्रिड बाट व्यवसायिक फुटबल खेल्दै आएका भेट्रान डिफेन्डर पेपेले अर्को सिजन फ्रेन्च क्लब पिएसजीबाट खेल्न लगभग पक्का भएको छ । रियलमा उनको सम्झौता सकिएसँगै पेपे पिएसजी जाने भएका हुन् । पेपेले रियलबाटै खेल्न चाहे पनि उनलाई रियलले अर्को सम्झौताको लागि कुनै प्रस्ताव नगरेपछि उनलाई पिएसजीले निशुल्क पाएको हो । पेपेलाई क्लब भित्राउन इटलियन क्लब इन्टर मिलान, इङलिश क्लब म्यानचेष्टर युनाइटेडलगायतका युरोपियन क्लबहरुले चाँसो देखाएतापनि पेपेले फ्रेन्च क्लब र्पिसजी रोजेको स्पेनिश पत्रिका मार्काले जनएको छ ।

रियलमा १० वर्ष बिताएका पेपेले रियलबाट सम्भव सबै खाले उपाधि जिताएका छन् । पेपे विश्वकै उत्कृष्ट सेन्ट्रल डिफेण्डर मानिन्छन् । पेपे रियल म्याड्रिडको रक्षात्मक लाइनको मेरुदण्ड रुपमा रहेका थिए । रियलमा करिब १० वर्षसम्म पेपे र सर्जियो रामोशले रियलको रक्षात्मक लाइनलाई सुदृढ पारेका थिए ।

पेपे गत सिजन चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । साथै रियलमा पेपेको ठाउमा युवा डिफेन्डरहरु राफेल भारान तथा नाचो फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पेपेले रियल छाड्दै गर्दा क्लब छाड्न नचाँहेको स्पष्ट पारेतापनि रियलले उनको सम्झौता नवीकरणमा चाँसो नदेखाएपछि रियल छाडेर पिएसजी जाने भएका हुन् ।

वि.सं.२०७४ असार १ बिहीवार ११:४९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...