back
CTIZAN AD

 हेर्नुस् त खाना खानु अघि नुहाँउदा के–के फाइदा हुँदो रहेछ ?

वि.सं.२०७४ असार १ बिहीवार

1.7K 

shares

bathशरीरको सफाइ जुन बेला गरेपनि फाइदा नै हुन्छ । शरीरको सफाइले विभिन्न प्रकारका रोगबाट बचाउँछन । साथै यसमा शरीरको सफाइ मात्र भएर हुँदैन मानिसमा मनैदेखि पनि सफा, शान्त र सकारात्मक सोँच हुन जरुरी छ । अनि मात्र भित्रि बाहिरी दुवै रुपमा सफा र सुन्दर बन्न सकिन्छ । त्यसैले स्वास्थ्य रहन हाम्रा धेरै बानीहरु सुधार गर्नु जरुरी छ । त्यसमा नुहाउनु पनि महत्वपूर्ण सफाइ हो । तर नुहाँउदा खाना खानुभन्दा पछि भन्दा पनि अघि नुहाँउदा धेरै फाइदा हुने स्वस्थ्यविज्ञ बताउँछन् ।

पाचनशक्तिमा सहयोग गर्छ

 खाना खानुभन्दा अघि नुहाउँदा पाचनक्तिमा फाइदा हुन्छ । खाने खाएपछि हाम्रो पेट सक्रिय मोडमा हुन्छ । ताकी हामिले खाएको खाना राम्रोसँग पचोस् । तर खाना खाएर तुरुन्त नुहाँउँदा यसको असर पेटमा पर्दछ । नुहाउँदा हाम्रो शरीरको तापमान घट्छ । खाना खाइसकेपछि यसलाई पचाउनका लागि शरीरको तापमान अत्यन्त महत्वपूर्ण हुन्छ । यो पनि एउटा कारण हो खाना राम्रोसँग नपच्नु ।

उर्जावान महसुस
खाना खानुभन्दा पहिला नुहाउँदा तपाइ उर्जावान तथा फ्रेस महसुस गर्नु हुन्छ । आयुर्वेदको भाषामा नुहाउनु हाम्रो शरिरलाई शुद्ध बनाउनु पनि हो । नुहाएपछि खाना खाँदा तपाइ आफूलाई फ्रेस महसुस गर्नुहुन्छ । साथै आन्तरिका रुपमा उर्जावान पनि बन्नुहुन्छ । त्यतिबेला तपाइ कुनै पनि काममा आफूलाई सक्षम मान्नुहुन्छ । खाना खानुभन्दा पहिला नुहाँउदा तपाइ आफूलाई शारीरिक र मानसिक दुवैरुपबाट स्वस्थ पाउनुहुन्छ ।
खाना खाँदा आनन्द हुन्छ

तपाइ यो नभुल्नुस् कि खाना खाँदा आफ्नै मजा हुन्छ । तर, तपाइ खाना खाएपछि नुहाउँनु भयो भने खानको मजा लिन सक्नुहुन्न । यसका साथै खानाको पनि बोझ हुन्छ । यदि तपाइ नुहाएर खाना खानु भयो भने भित्र भित्रै खुसी महसुस हुनुका साथै विभिन्न स्वादका खानाको पनि भरपुर फाइदा उठाउन सक्नु हुन्छ ।

चिसो पानीले नुहाउनुको फाइदा
चिसो पानीले नुहाउँदा तपाइलाई धेरै प्रकारका फाइदा हुन्छ । एक अनुसन्धानका अनुसार चिसो पानीले नुहाउँदा तपाइमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । साथै रक्त संचारमा पनि फाइदा पुग्छ । चिसो पानीले नुहाउँदा तपाइ तनाव तथा थकाइबाट पनि पर रहनुहुन्छ । शरीरमा उर्जा प्रवाह हुन्छ ।

त्यस्तै चिसो पानीले नुहाउँदा टाउको दुख्ने समस्या तथा थकाइबाट छुट्कारा मिल्छ । नेदरल्याण्डका बैज्ञानिकहरुले झण्डै ३ हजार चिसो पानीले नुहाउनेहरु मानिसहरुका विचमा अनुसन्धान गरेका थिए । जसमा चिसोपानीले नुहाउनेहरु विमारीबाट पनि छिटो ठिक भएका थिए भने जो अफिसमा धेरै खट्ने तथा टाइम नमिल्नेहरु पनि कम बिमार परेका थिए ।

जो व्यक्तिहरुमा अनुसन्धान गरिएको थियो उनीहरुले भनेका थिए, ‘जति एक कप कफिले शक्ति मिलेको महसुस हुन्छ त्यति नै बिहान चिसो पानीले नुहाउँदा भित्रैदेखि आनन्द महसुस हुन्छ ।’ यसका साथै उनीहरुले चिसो पानीमा कदम राख्नासाथ धेरै अर्लट र भरपुर उर्जा मिलेको बताएका थिए । यस्तो बेला गहिरो सास लिइने र यसले रक्त प्रवाह छिटो हुनाले त्यसबाट तनावमुक्त हुनुका साथै रोग प्रतिरोधात्म क्षमता वृद्धि हुने सम्भावना बढ्छ ।

वि.सं.२०७४ असार १ बिहीवार १२:१७ मा प्रकाशित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...