back
CTIZAN AD

फोन गर्नुस् ज्यान बचाइदिनुस्

वि.सं.२०७४ असार १ बिहीवार

885 

shares

callआत्महत्या गर्न प्रयास गर्नेहरुलाई रोक्न सकिने नयाँ अनुसन्धानले बताएको छ । यदि कोही व्यक्तिले निरन्तर आत्महत्याको प्रयास गर्छ भने केही फोन कलले भविष्यमा उसले आत्महत्या गर्ने विचार त्याग्ने तथा कम गराउन सकिने तथा धेरै जीन्दगी बचाउन सकिने अनुसन्धानले बताएको छ ।
युनिभर्सिटी अफ कोलोराडाले अनासुट्स केडिकल क्याम्प तथा ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले अनुसन्धानका क्रममा आत्महत्या गर्न खोज्नेलाई व्यक्तिलाई अस्पतालको आपतकालिन विभागबाट विदा दिएपछि फोन गर्नाले भविष्यमा आत्महत्याको प्रयास ३० प्रतिशत कम गर्न सकिने बताइएको छ ।
उनीहरुले गरेको अनुसन्धानमा अमेरिकाको १ हजार ३७६ विरामीहरु सहभागी थिए । उक्त परीक्षण एकवर्ष सम्म चलेको थियो । विरामीहरुमा विशेष जाँच गरिएको थियो । उनीहरुलाई सुरक्षा मार्गदर्शन र पछि फोन गरिएको थियो ।
सीयू अनासुट्सका प्रोफेसर माइकल एलनका अनुसार त्यस्ता व्यक्तिहरुमा आत्महत्या प्रवृत्ति हुन्छ । उनीहरु सधै सामाजिक परिवेषबाट टाढा रहन्छन् । टाढा हुन खोज्छन् । त्यसकारण उनीहरु फोनमार्फत कुनैपनि सकारात्मक सम्पर्कले उनीहरुलाई आनन्द महसुस गराउछ ।
अमेरिकामा प्रत्येक वर्ष १० लाख नागरिकले आत्महत्याको प्रयास गर्ने गरेको समाचार छ ।
सीयु अनासुट्सका प्रोफेसर माइकल एलनले भन्छन्, यस्ता विरामीहरुलाई उपचारले मात्र हुँदैन । अस्पतालबाट विदा दिएपछि कम्तिमा पनि सातपटक सम्म फोन गर्न उचित हुन्छ ।

वि.सं.२०७४ असार १ बिहीवार १२:२१ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...