back
CTIZAN AD

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

वि.सं.२०८२ फागुन ६ बुधवार

513 

shares

काठमाडौँ । सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत बच्चादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका, मोरङको इटहरी उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका,स्याङ्जाको बालिङ नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य सेवा विभागका नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरादेवी निरौला जानकारी दिइन् ।

ती नगरपालिकाको प्रत्येक वडामा एक जना नर्सले खटिई स्थानीयवासीको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्लन, स्वास्थ्य अवस्थालगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने उनले बताइन् । ‘घरदैलो कार्यक्रममा नर्सहरू प्रत्येक घरमा गई गर्भवतीदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँचसम्मको डिजिटल प्रोफाइल तयार गरिन्छ’, उनले भनिन्, ‘ती व्यक्तिको स्वास्थ्य जोखिमको आधारमा समय समयमा उपचारात्मक सेवा प्रदान गर्ने गर्दछन् ।’

चन्द्रागिरि नगरपालिकाका जनस्वास्थ्य शाखाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले विगत तीनवर्षदेखि नगरपालिकाका १५ वटै वडामा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यसबाट मार्फत बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लाभान्वित भएको बताए ।

उनका अनुसार कार्यक्रम अन्तर्गत सुरक्षित मातृत्व र नसर्ने रोगको सेवा बढी प्रभावकारी छन् । उनले भनिन्, ‘घरदैलोमा पुगेको समयमा नर्सहरूले रक्तचापको जाँच, मधुमेह, उच्च रक्तचाप, शरीरको तौललगायतको परीक्षण गर्दछन् ।’ घरमा नै स्वास्थ्य जीवनशैली प्रवद्र्धन गरी सर्ने र नसर्ने रोग कम गराउन पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोको भनाइ रहेको छ ।

नसिंङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक निरौलाले नर्सिङ घरदैलो कार्यक्रममा खटिने नर्सले गर्भवती, सुत्केरी, सुत्केशीपश्चात्, नवशिशु स्वास्थ्य, बालस्वास्थ्य, किशोरकिशारी स्वास्थ्य, वयस्कदेखि ज्येष्ठ नागरिकलाई घरमा गई नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत प्रदान गर्ने बताए । यस्तै मानिसलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, मानसिक स्वास्थ्य, स्तन क्यान्सरसमेतको जनचेतना फैलाउने छन् ।

यस्तै घरघरमा पुगी नर्सहरूले मानिसको व्यवहार गर्ने, स्वस्थ जीवनशैली र सन्तुलित खाना खान प्रोत्साहन र धूम्रपान तथा मद्यपान निरुत्साहित समेत गर्ने छन् । कार्यक्रमले गर्दा बर्दिबास नगरपालिकामा संस्थागत रुपमा सुत्केरी गराउने बढेको महाशाखाका निर्देशक निरौलाले जानकारी दिए । उनले अन्य स्थानीय तहमा पनि चाँडै कार्यक्रम लागू गर्ने बताए ।

वि.सं.२०८२ फागुन ६ बुधवार १६:४० मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...