back
CTIZAN AD

विश्व प्रविधिमा नेपालको ऐतिहासिक फड्को: ‘वर्ल्ड एआई एलायन्स’को नेतृत्वमा उज्ज्वल राय 

वि.सं.२०८२ फागुन ८ शुक्रवार

621 

shares

न्युयोर्क । विश्व प्रविधि जगत्मा नेपालले एउटा ठुलो र ऐतिहासिक सफलता हासिल गरेको छ। १८ फागुन, २०८२ (१८ फेब्रुअरी, २०२६) मा अमेरिकाको न्युयोर्कमा स्थापना भएको ‘वर्ल्ड एआई एलायन्स’ को विश्वव्यापी नेतृत्व नेपाली प्रविधिज्ञ उज्ज्वल रायले सम्हाल्नुभएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको ७०औँ वार्षिकोत्सवको अवसरमा घोषित यस संस्थाको संस्थापक अध्यक्षमा राय नियुक्त भएका हुन् ।

यो उपलब्धिलाई नेपाली सूचना प्रविधि क्षेत्रका लागि गौरवको विषय मानिएको छ। नेपाली क्षमताको विश्वव्यापी पहिचान नेपालको डिजिटल रूपान्तरण र राष्ट्रिय एआई नीति तर्जुमामा मुख्य भूमिका खेल्नुभएका रायले अब विश्वभर एआईको नियमन र विकासको नेतृत्व गर्नुहुनेछ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले यसलाई नेपाली जनशक्तिको क्षमता विश्वस्तरको रहेको प्रमाणका रूपमा व्याख्या गरेका छन्।

संस्थाका मुख्य उद्देश्यहरू:

-नैतिक एआई: एआईको प्रयोगमा पारदर्शिता र निष्पक्षता कायम गर्ने।

-शिक्षा र प्रतिभा: विश्वभरका नयाँ एआई लिडरहरूलाई फेलोसिप र प्लेटफर्म दिने।

-खुला पहुँच: स्वास्थ्य र शिक्षा क्षेत्रमा एआई सफ्टवेयरलाई सर्वसुलभ बनाउने।

-विश्वव्यापी सहकार्य: समावेशी प्रविधि विकासका लागि विभिन्न राष्ट्रहरूबीच साझेदारी गर्ने।

सशक्त नेतृत्व टोली

संस्थाको नेतृत्वमा रायसँगै महासचिवका रूपमा युवा नेपाली साइबर सुरक्षा विज्ञ सुयोग पराजुली रहेका छन्। यस्तै, टोलीमा क्रिस एकम्यान, क्रिस साल्सबरी र ध्रुबो आदित्य जस्ता विश्वविख्यात विज्ञहरू सल्लाहकारका रूपमा आबद्ध छन्। अध्यक्ष रायका अनुसार, ‘वर्ल्ड एआई एलायन्स’ ले एआईलाई मानवहित र पारदर्शी बनाउने अभियानको रूपमा काम गर्नेछ।

वि.सं.२०८२ फागुन ८ शुक्रवार १२:५२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...