बिके मुखिया, वाङदे,दार्जिलिङ, भारत
स्वाङ पार्दै हिँडेका छन् आज काले
बज्छ गाग्री हुँदा रित्तो भन्थे बाले
जो छ जाली उसैको खुब बज्छ ताली
आज मानव सबै दानव बन्न थाले
छर्न थाल्यो उषाले लाली सबेरै
जाग सारा गरौँ उन्नति पाखुराले
देश हाम्रो बन्यो अड्डा भ्रष्ट जनको
भ्रष्टलाई दिनेछन् सास्ती युवाले
छैन केही इलम हाम्रो देश कस्तो
आज जनता बिदेसिन्छन् बाध्यताले
बहर : असम
अर्कान : फाइलातुन् , मुफाईलुन् , फाइलातुन्
वजन : २१२२ – १२२२ – २१२२
रदिफ : ०
काफिया : आले
अभ्यास : उज्यालो पाठशाला
वि.सं.२०८२ फागुन ९ शनिवार ०५:४७ मा प्रकाशित






























