back
CTIZAN AD

स्याङ्जामा नेकपा जित नजिक छ, निराशा परिवर्तनमा बदल्छौँः विश्वकर्मा

वि.सं.२०८२ फागुन १० आइतवार

1.1K 

shares

स्याङ्जा क्षेत्र नम्बर–२ का उम्मेद्वार पदम विश्वकर्माले स्याङ्जाका दुवै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वारहरू जितको निकट पुगेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा आयोजना गरेको मतदाता भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

विश्वकर्माले विगतमा काँग्रेस र एमालेलाई मतदान गरेर विजयी बनाएका मतदातामा अहिले उल्लेख्य पश्चाताप र निराशा छाएको दाबी गरे । ‘माओवादीको निर्णायक मतले ७० सालदेखि काँग्रेस–एमालेलाई निर्वाचित गरेर संसदमा पठायौँ । उनीहरूले अपेक्षाअनुसार काम गर्न सकेनन्, त्यसैले जनतामा निराशा बढेको छ,’ उनले भने, ‘अहिलेको निर्वाचनमा नेकपा समर्थक र पार्टीपंक्तिमा ठूलो उत्साह देखिएको छ । समर्थक, शुभचिन्तक, आधारभूत वर्ग र सहिद परिवारले व्यापक सहयोग गर्ने बचन दिएका छन् ।’

विश्वकर्माले उत्पीडित समुदायको उल्लेख्य बसोबास रहेको स्याङ्जामा फरक दलमा आस्था राख्नेहरूबाट समेत तारामा मतदान गर्ने प्रतिबद्धता आएको बताए । ‘हाम्रो चुनावी प्रचारमा तडकभडक छैन, तर हामी मसिनो रूपमा घरदैलोमा पुगिरहेका छौँ,’ उनले भने, ‘आधारभूत तहसम्म पुग्दा हामी केवल प्रतिस्पर्धी मात्र नभई जितको निकट पुगेको प्रमाणित भएको छ ।’

उनले पार्टीको नाम र चुनाव चिह्न नयाँ भएकाले मतदाता शिक्षा व्यापक बनाउन सके नेकपाको जित सुनिश्चित हुने ठोकुवा गरे । निर्वाचन केन्द्रित प्रतिस्पर्धामा उम्मेद्वार एक्लैले होइन, सिंगो टिमले लड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विगतझैँ काठमाडौँस्थित टिमबाट पूर्ण सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘सम्पर्क समन्वय रणनीतिक मोर्चा हो, काठमाडौँ सचेत तप्काको प्रतिनिधित्व गर्ने थलो हो,’ उनले भने, ‘क्रान्तिलाई बुझेको, अध्ययन गरेको टिम मात्र टिक्न सक्छ ।’

स्याङ्जाको गौरवपूर्ण आयोजनाका रूपमा हेरिएका सिद्धार्थ राजमार्ग स्तरउन्नति, आँधिखोला हाइड्याम, स्मार्ट सिटी, कालीकोरिडोर, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र स्वास्थ्यजस्ता विषयमा संसदमा निर्वाचित भए वा नभए पनि निरन्तर आवाज उठाउने प्रतिबद्धता उनले जनाए ।

आफूलाई मतदान गर्ने, समर्थन र सहयोग गर्ने कसैलाई पनि लज्जा महसुस हुनेगरी कहिल्यै काम नगर्ने उनले दाबी गरे ।

वि.सं.२०८२ फागुन १० आइतवार ०७:५२ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...