back
CTIZAN AD

नेकपा स्याङ्जा–काठमाडौं सम्पर्क समन्वय समितिको मतदाता भेटघाट सम्पन्न

वि.सं.२०८२ फागुन १० आइतवार

918 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा मतदाता भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्याङ्जा क्षेत्र नम्बर–१ का उम्मेद्वार शैलेन्द्र घिमिरेले स्याङ्जामा सबैभन्दा ठूलो हक्काँ गर्ने शक्ति नेकपा र तारा चिह्न रहेको दाबी गरेका छन् । घिमिरेले काठमाडौँको तुलनामा पोखरामा दोब्बर उत्साह देखिएको र पोखराभन्दा स्याङ्जाका मतदातामा ताराप्रतिको उत्साह अझै दोब्बर रहेको बताए ।

यस्तै स्याङ्जा क्षेत्र नम्बर–२, का उम्मेद्वार पदम विश्वकर्माले स्याङ्जा दुवै क्षेत्रमा नेपाली कम्युजिस्ट पार्टीका उम्मेद्वार जितको निकट पुगेको बताए । उनले विगतमा काँग्रेस एमालेलाई मतदान गरेर जिताएका मतदातामा अहिले निक्कै ठुलो पश्चताप र निराशा छाएको दाबी गरे ।

‘माओवादीको निर्णयक मतले ७० सालदेखि काँग्रेस एमालेलाई निर्वाचित गरेर संसदमा पठायौँ । उनीहरुले काम गर्न सकेनन्, त्यसकारण जनतामा निरासा बढेको छ, ‘उनले भने, ‘अहिलेको निर्वाचनमा नेकपा समर्थक र पार्टीपंतीमा ठुलो उत्साह छ । समर्थक, शुभ चिन्तक, आधारभूत वर्ग, सहिदपरिवारले व्यापक सहयोग गर्ने बचन दिएका छन् ।’

यसैगरी समानुपातिक सांसद ताजमहमद मियाँले बहादुरी र उत्साहका साथ जनतामा जानुपर्ने बताए । उनले कायरहरुलले लडाई नजित्ने भन्दै नेकपा विरुद्ध लागेकाहरुको दुस्प्रयार चिर्न हिउँ र ज्वाला बन्नुपर्ने बताए ।

मियाँले उत्पीडित वर्ग समुदाय नेकपाकैपक्षमा रहेको दावी गर्दै निर्वाचनको सक्रियताले पार्टीलाई मज्बुद बनाउने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य लेखनाथ चापागाईंले गाउँ–गाउँमा पुगेर पार्टीको एजेन्डा स्पष्ट रूपमा राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले “विकल्पको पनि विकल्प नेकपा नै हो” भन्दै निर्वाचन अभियानमा आत्मविश्वासका साथ प्रचारमा जुट्न आग्रह गरे ।

यस्तै, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष मदन ढकालले आगामी निर्वाचनमा १६४ वटै क्षेत्रमा कसरी विजय हासिल गर्ने भन्ने मूल उद्देश्यका साथ सामूहिक ऊर्जा लिएर भूगोलमा जाने बताए ।

उनले जनताले विकल्प खोजिरहेको उल्लेख गर्दै “हामी विकल्प बन्ने कि नबन्ने भन्ने कुरा हाम्रो सक्रियता र प्रस्तुतीमा निर्भर छ” भने । अन्य दलभन्दा आफूहरू फरक देखिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपाका नेता लक्ष्मण केसीले पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे । “अँध्यारो कोठामा बसेर ‘डार्क बियर’ शैलीमा भ्रम फैलाइँदैछ, हामीले त्यो भ्रम चिर्नुपर्छ,” उनले भने ।
विदेशमा बस्ने केही व्यक्तिहरूले नयाँ दललाई मत हाल्ने नाममा ‘ब्याकमेलिङ’ गरिरहेको आरोप लगाउँदै उनले नयाँ दलहरूको नीति, एजेन्डा र कार्यक्रम स्पष्ट नभएको टिप्पणी गरे ।

कार्यक्रम स्याङ्जा–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष प्रीतम गैरको अध्यक्षता तथा स्वागत मन्तव्यसँगै सुरु भएको थियो ।
कार्यक्रममा विभिन्न तहका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता थियो ।

 

 

वि.सं.२०८२ फागुन १० आइतवार ११:४२ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...