back
CTIZAN AD

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिग्मा डायग्नोस्टिक्समा ५०%सम्म छुट

वि.सं.२०८२ फागुन १० आइतवार

651 

shares

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड का ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. सँग सम्झौता गरिएको छ।

भक्तपुर–९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीले प्रदान गर्ने विभिन्न प्याथोलोजी सेवामा डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा बिल रकमको २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा २०८२ फागुन ०८ गते बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ल्यावका तर्फबाट निर्देशक वेद प्रकाश मिश्र ले हस्ताक्षर गरेका हुन्।

यस सम्झौतासँगै नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरू सहुलियतपूर्ण दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा लिन सक्ने भएका छन्। बैंकले आफ्ना सरोकारवालालाई थप सुविधा उपलब्ध गराउने रणनीतिअनुसार यस्तो सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

वि.सं.२०८२ फागुन १० आइतवार १६:५० मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...