back
CTIZAN AD

निर्वाचनका लागि तीन दिन बिदा सिफारिस, स्वीकृत भए सात दिन लगातार सार्वजनिक बिदा

वि.सं.२०८२ फागुन १० आइतवार

774 

shares

काठमाडौँ । निर्वाचन आयोग ले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले सबै मतदाताको सहभागिता सुनिश्चित गर्न फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार बिदा स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय भने सरकारकै अधिकार क्षेत्रभित्र पर्छ।

भण्डारीले भने, “हामीले निर्वाचनको समयमा मतदातालाई सहज वातावरण मिलोस् भन्ने उद्देश्यले तीन दिन बिदा सिफारिस गरेका छौँ। निर्णय भने सरकारले गर्नेछ।”

यदि आयोगको सिफारिस सरकारले स्वीकृत गरेमा लगातार सात दिन सार्वजनिक बिदा पर्न सक्ने देखिएको छ। फागुन १८ र १९ गते होली पर्व, त्यसपछि निर्वाचनसम्बन्धी बिदा, शनिबार र अन्तर्राष्ट्रिय नारी दिवस समेत परेकाले एक सातासम्म निरन्तर बिदा हुने सम्भावना रहेको छ।

यस विषयमा सरकारको निर्णय भने आउन बाँकी छ।

वि.सं.२०८२ फागुन १० आइतवार १६:४२ मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...