back
CTIZAN AD

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ फागुन १३ बुधवार

213 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९० पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वि.सं.२०८२ फागुन १३ बुधवार ०७:५८ मा प्रकाशित

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

को हुन् त बालेन ? जनताको रोजाइमा किन परे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा क्षेत्र नं।–...

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

प्रतिनिधिसभा निर्वाचनः दुई दिनमा काठमाडौँबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ...

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

गोर्खामा नेपाली काँग्रेसलाई सहयोग गरेको समाचार भ्रामक : प्रलोपाका नेता श्रेष्ठ

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली काँग्रेसलाई सहयोग...

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...