back
CTIZAN AD

पर्वतारोहण क्षेत्रको ‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ

वि.सं.२०८२ फागुन १३ बुधवार

813 

shares

पर्वतारोहण तथा उच्च हिमाली पदयात्रा क्षेत्रमा चर्चित बनेको ‘फेक रेस्क्यू’ प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका–३१ निवासी सिंहलाई बुधबार पक्राउ गरिएको ब्युरोले जनाएको छ। धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भएका तिवारीलाई मंगलबार नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

यसअघि पनि सोही प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका शेयरधनी–सञ्चालकसहित नौ जनालाई पक्राउ गरिसकिएको छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाएर नक्कली उद्धार (फेक रेस्क्यू) को नाटक गर्दै बिमा कम्पनीबाट रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

संगठित रूपमा यस्तो गतिविधि सञ्चालन गरिएको आशंका प्रहरीले गरेको छ। ब्युरोले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ। पर्यटन क्षेत्रमा नक्कली उद्धार देखाएर बिमा ठगी गर्ने गिरोह सक्रिय रहेको आशंकासहित अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

वि.सं.२०८२ फागुन १३ बुधवार १४:४९ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...