back
CTIZAN AD

एन आई सी एशिया बैंक लिमिटेडले ल्यायो सम्पत्ति लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल

वि.सं.२०८२ फागुन १४ बिहीवार

756 

shares

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड ले आफ्नो नाममा रहेका बैंकिङ्ग तथा गैर–बैंकिङ्ग सम्पत्ति साथै धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकका अनुसार लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको पारदर्शी र सहज जानकारी प्रदान गर्ने उद्देश्यले उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो। पोर्टलमार्फत ग्राहकहरूले लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत लोकेशनसमेत हेर्न सक्नेछन्।

लिलामसम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.com मा प्रवेश गरेर सम्पूर्ण विवरण प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसका साथै, कुनै सम्पत्तिबारे थप जानकारी लिन चाहने व्यक्तिहरूले सम्बन्धित सम्पत्तिको विवरणमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सिधै सन्देश पठाउन सक्नेछन्।

बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलामसम्बन्धी नयाँ सूचना तथा सम्पत्ति विवरण अद्यावधिक गरिने जनाएको छ। खरिद गर्न इच्छुक ग्राहकहरूले अनलाइनमार्फत नै विस्तृत जानकारी लिएर लाभ लिन सक्ने बैंकको विश्वास रहेको छ।

वि.सं.२०८२ फागुन १४ बिहीवार १३:१७ मा प्रकाशित

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...