back
CTIZAN AD

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

वि.सं.२०८२ फागुन २२ शुक्रवार

540 

shares

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।

पार्टीका सभापति गगन थापाले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन सफल बनाउन सहयोग पुर्‍याएकोमा सरकार तथा Election Commission Nepal प्रति विशेष आभार व्यक्त गर्नुभएको हो ।

विज्ञप्तिमा उहाँले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति नेपाली कांग्रेसका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको उल्लेख गर्नुभएको छ ।

जनताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कोतर्फ राजनीतिक दलहरू तथा अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको पनि उहाँले बताउनुभएको छ ।

निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई व्यक्त गर्दै कांग्रेसले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद दिएको छ ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार ०७:३१ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,...

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न...

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका...

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति, यी हुन् सहमतिका बुँदा

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी...